arrow

एमसीसीबारे देउवाले भने- नेपालको प्रधानमन्त्री हुँ, किन राष्ट्रघाती काम गरौँला मैले ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
sherbahadur-deuba-20211.PNG

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अगुवाइमा संविधान बनेको बताएका छन् ।

आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले शान्ति प्रक्रियाका क्रममा संविधान सभाको चुनाव प्रचण्डको सर्त रहेको बताएका हुन् ।

समारोहमा बोल्दै उनले भने, 'पुष्पकमल दाहाल जीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिनु भएको छ । संविधान सभाको चुनाव उहाँको सर्त थियो, शान्ति प्रक्रियामा संविधान सभाको चुनाव, यो सत्य कुरा हो । उहाँको बलले संविधान सभामा हामी गएका हौँ ।'

०७ सालमा कांग्रेस पार्टी प्राप्त गरेपछिको ठुलो लडाइँपछि पुष्पकमल दाहालकै अगुवाइमा संविधान सभाको चुनाव भएर आज संविधानसभाबाट संविधान बनेको बताएका हुन् । 

प्रधानमन्त्री देउवाले भनेका छन्, '०७ सालमा कांग्रेस पार्टी प्राप्त गरेको कुरा, धेरै ठुलोलडाइँपछि  पुष्पकमल दाहाल जीकै अगुवाइमा संविधान सभाको चुनाव भएर आज संविधानसभाबाट संविधान बनेको छ । समावेशी छ, समानुपातिक, सङ्घीयता छ गणतन्त्र छ, गणतन्त्र, सङ्घीयता सहितको संविधान जुन रहेको छ यो अन्त्यतै महत्त्वपूर्ण संविधान बनेको छ । यस मानेमा यो संविधान बनाउने काममा पुष्पकमल दाहाल जीको सबैभन्दा महत्त्वपूर्ण योगदान छ भन्ने कुरा हामी सबैले मान्नु पर्छ ।'

यस्तै उनले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । एमसीसीको विषयमा बोल्दै उनले भने, 'म अरू कुरा गर्न आको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती छ भन्दियो, राष्ट्रघाती भनेर पढ्या छ कि छैन, त्यो पनि थाहा छैन मलाई त, पहिले पढ्नु पर्याे एमसीसी काँ छ राष्ट्रघाती, मैले हेरे काहीँ राष्ट्रघाती देख्या छैन ।'

आफू देशको प्रधानमन्त्री रहेको भन्दै उनले किन राष्ट्रघाती काम गरौँला भनेर प्रश्नसमेत गरे । उनले अघि भने, 'म पनि नेपालको प्रधानमन्त्री हुँ, नेपालको राष्ट्रको खिलाफमा जाउँला मैले ?  किन राष्ट्रघाती काम गरौँला मैले ? राष्ट्रघाती सन्धि किन गरौँला ?'

प्रधानमन्त्री देउवाले सबै नेताहरूसँग छलफल र सहमतिपछि एमसीसी पास हुने विश्वास व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ