arrow

‘देशको इज्जत मेरो हातमा आएको छ’ –फुपुल्हामु खत्री

logo
बाबु नेपाली
प्रकाशित २०७३ साउन १६ आइतबार
8.jpg.jpeg
काठमाडौं । सामान्य परिवारमा जन्मेकी जुडो खेलाडी फुपुल्हामु खत्रीले सायदै सोचेकी थिइन् कि उनी पनि यस्तो प्रख्यात खेलाडी होलिन् र ओलम्पिकमा पुग्लिन् । तर भाग्यभन्दा बढी मेहनतले नै उनलाई ब्राजिलको रियो दि जेनेरियोबाट निम्तो आएको छ ।
 
अर्थात् उनी साउन २१ गतेदेखि हुँदै गरेको ३१ औं रियो ओलम्पिकमा सहभागी हुँदैछिन् । अझ त्यसमा पनि नेपाली टिमको नेतृत्व गर्दै झण्डा बोक्न पाएसंगै उनमा खुसीको सीमा छैन । हाम्राकुरासंगको कुराकानीमा उनले भनिन् –‘मसंग खुसीको सीमा छैन, मलाई लाग्छ देशको इज्जत मेरो हातमा आएको छ ।’ 
 
‘झण्डा बोक्न पाउनु गौरव भए पनि एकसे एक खेलाडीलाई छाडेर मलाई नै रोजिनुले पक्कै पनि ममाथि गरिएको भरोसो हो’, उनले अगाडि भनिन् ‘म दिलो ज्यान लगाएर इज्जत जोगाउन प्रयत्नरत हुनेछु ।’
 
१३ वर्षको उमेरदेखि जुडोमा लागेकी फुपुलाई चिनाएको भने गत वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागले नै हो । नेपालले सो सागमा दुई स्वर्णपदक जित्दा फुपुको नाममा एउटा कीर्तिमान बसिसकेको थियो । 
 
सागमा नेपालले जुडोमा जितेको स्वर्ण पनि त्यो एकल नै हो । अहिलेसम्मको करियरमा २१ वर्षे फुपुले ८÷९ वटा स्वर्ण जितिसकेकी छिन् । 
 
ओलम्पिकको प्रदर्शनबारे उनी भन्छिन् –‘नेपालीले ओलम्पिकमा खेल्न जान पाउनु नै ठूलो उपलब्धी हासिल गर्नु हो, त्यो अर्थमा मैले त जितिसकेकी छु । तर खेलमा उत्रिएपछि प्रदर्शन त राम्रो गर्नैैप¥यो ।’ 
 
फुपुले ‘अहिलेसम्म कुनै पनि नेपालीले दुई मिनेटसम्म पनि खेलमा टिक्न नसकेको भन्दै त्यो इतिहासलाई तोड्ने मन छ’ भनिन् । 
 
शनिबार नेपाल ओलम्पिक कमिटिको भवनमा आयोजित कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले फुपुले झण्डा बोक्ने घोषणा गरेसंगै उनी फुरुङ्ग भइन् । ‘भर्खरै भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उहाँले स्वर्ण जित्नु भएको थियो ।
 
त्यसैगरी अन्य खेलहरुमा पनि उहाँको उत्कृष्ट पदर्शन रहेको छ त्यही प्रदर्शनको आधारमा उहाँलाई चयन गरिएको हो ।’ श्रेष्ठले यति भनेसंगै फुपुको मन पनि भुक्क फुल्यो । गर्वले छाती अझ बढी चौडा भयो । 
 
 फुपुल्हामु खत्रीले महिला ६३ केजी तौल समूहमा प्रतिस्र्धा गर्दैछिन् । उनको भिडन्त साउन २५ गते हुनेछ । 
 
उनलाई अर्की ओलम्पियन देवु थापाले प्रशिक्षण दिंदैछिन् । उनलाई देवुको शैली पनि मन पर्छ । देवुबारे उनी भन्छिन् –‘दिदी सिनियर र म जुनियर भएर खेल्थ्यौं, त्यतिबेला उहाँको खेल मलाई मन पथ्र्यो, अहिले त उहाँले नै मलाई प्रशिक्षण दिंदा सजिलो भएको छ ।’
 
जुडोको अफिसियलमा जुडो संघकै अध्यक्ष दीपकहर्ष बज्राचार्य छन् । अध्यक्ष नै अफिसियल भएपछि पक्कै पनि उनलाई सजिलो हुनेछ । त्यसो त दीपकले फुपुका लागि विभिन्न अभ्यासमा बाहिर पठाएका थिए ।
 
त्यो अवसर दिलाउने उनले जुडो संघकै इज्जत राख्न कसो मेहनत नगर्लान् त । 
 
रियो ओलम्पिकमा पाँच खेलका सात खेलाडीले भाग लिंदैछन् ।
 
सबै वाइल्ड कार्डबाट सहभागीता जनाउँदैछन् ।
 
फुपुको प्रतिद्धन्द्धी कस्तो पर्ला त्यसले त उनको भविष्य निर्धारण गर्ने नै छ ।
 
तर कमजोर प¥यो भने उनको भाग्यले पनि साथ दिने नै छ ।
 
फुपुसहितको जुडो टिम आइतबार राति ८ बजे ब्राजिलका लागि उड्ने छ ।
 
फुपुलाई हाम्रो पनि शुभकामना !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ