arrow

‘रगत नपाए बुटवल जानु’

logo
नारायण वली,
प्रकाशित २०७८ पुष १६ शुक्रबार
IMG_9655.JPG

रुपन्देही । हिउँद शुरु भएपछि नेपालमा औद्योगिक प्रर्दशनी मेलाको आयोजना हुने गर्दछ । हरेक उद्देश्यमा विभिन्न संघसंस्थाले लगाउने मेलामा विशेषतः रमाइलो गराउने र व्यापारलाई समेटिएको हुन्छ । तर बुटवलमा हाल सञ्चालन भैरहेको मेलामा ‘रगत नपाए बुटवल जानु’ भन्ने उद्देश्यलाई प्रकाश पारिएको छ । 

आर्थिक क्रान्तिका लागि औद्योगिक प्रदर्शनी व्यापार मेला एउटा गतिलो उदाहरण मानिन्छ । तर हालसम्म सञ्चालन भएका यस्ता मेलाहरुमा रक्तदान जीवनदान भन्ने मूलमन्त्रलाई समेटेर स्टल राखिएको यो पहिलो मेला मानिने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाका संयोजक गोविन्दराज गैरेले बताएका छन् । 

उनले भने, ‘हामीले स्वास्थ्य जगतलाई संवेदनशील रुपमा बुझेर रक्तदान कार्यक्रमको स्टल राखेका हौं ।  मेलामा आउने दर्शकहरुले आफ्नो इच्छा अनुसार रगत दान गरेर सहयोग गर्दै आउनु भएको छ ।’

रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले राखिएको रक्तदान कार्यक्रममा उल्लेख्य रुपमा सहभागीता भैरहेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका राजु रसाइलीले बताए । 

उनले ताजा रगत चाहिएमा बुटवल मेलामा आउन पनि आग्रह गरे । पुस ८ गतेबाट शुरु भएको रक्तदान कार्यक्रममा हालसम्म १ सय ८० युनिट रगत संकलन भएको जानकारी दिए ।  

बुटवल उपमहानगरपालिका वडा नं ११ देवीनगरस्थित रंगशाला मैदानमा आयोजना गरिएको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा बिहीबार झण्डै ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । 

स्वाधिन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिक तथा व्यापार विविधिकरण भन्ने नाराका साथ पुस २० गतेसम्म चल्ने मेलामा पछिल्लो समय दर्शकहरु खचाखच भरिन थालेका छन् । मेलाभित्र राखिएका स्टलमा सामग्रीहरु अत्यन्तै सुपथ मुल्यमा पाइएको मेला घुम्न आएकी जानकीनगरकी पवित्रा कुँवरले बताइन् । ‘मलाई त बजारमा भन्दा कम मूल्यमा सामान पाइएको देख्दा व्यापार मेलामा आएको जस्तो अनुभूति भयो । 



नयाँ