arrow

अभिनेत्री ममता कुलकर्णीको आठबटा बैंक खाता सीज, ड्रग्स कारोबारबाट डेढ करोड कमाएको आशंका

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
Mamta.jpg.jpeg
एजेन्सी ।  ड्रग्स कारोबारमा संलग्न रहेको आरोपमा भारतीय प्रहरिले बलिउड अभिनेत्री ममता कुलकर्णीको गुजरात,मुम्बई लगायत अन्य आठ वटा बैंक खाता रोक गरेको छ  । सो आठबटा बैक खातामा  करिब १ करोड ५० लाख रुपैया रहेको जनाइएको छ ।
 
अन्तराष्ट्रिय ड्रग्स र्‍याकेट सरगना र उनको सहयोगी विक्की गोस्वमीसँग जोडएको उक्त घटना माथि प्रहरीले पहिलेनै मुद्धा दायर गरेको थियो । प्रहरीका एक उच्च अधिकारीले भने , 'ममताले यी सबै सम्पती ड्रक्स गिरोह बाट कमाएकी हुन् त्यसैले  खाता सीज गरिएका हौ।'
 
 भारतीय सञ्चारमाध्यमका अनुसार ममता अहिले केन्यमा लुकेर बसिरहेकी छिन् । ममताको मलाड स्थीत  नीजी बैंकमा ६७ लाख रुपैया बिदेशी मुद्रामा रहेको थियो भने  बाँकी २६ लाख रुपैयाँ कल्याण, बदलापुर , परेल, नरीमन प्वाइंट, धारावी, राजकोट र भुज स्थित बैंकमा रहेको प्रहरीले जनाएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ