arrow

मेस्सीलाई कोरोना, पीएसजीमा तय भएका खेलहरु गुमाउने

logo
एएफपी,
प्रकाशित २०७८ पुष १८ आइतबार
messi-psg.jpg

एएफपी, पेरिस । विश्व चर्चित फुटवल खेलाडी लियोनल मेस्सीलाई कोरोना भाइरसको संक्रमण भएको छ । 

उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

अर्जेन्टीनाका खेलाडी मेस्सी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन् । 

उनलाई संक्रमण भएको कुरा उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ । 

संक्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने भएका छन्। 

उनीसँगै संक्रमित भएका उनका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् । 

अति तीव्र गतिमा फैलिने भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् । 



नयाँ