arrow

एकैपटक एक हजारबढी रोबोटको नृत्य कीर्तिमान

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
robot-dance.jpg.jpeg
बेइजिङ। एक त रोबोट त्यसमा पनि नृत्य। तर त्यही रोबोट नृत्यले अहिले कीर्तिमान रचेको छ। चीनको शानदोङमा शनिबार भएको विशेष कार्यक्रममा एक हजार सातवटा रोबोटले एकैसाथ नृत्य गरेर विश्व कीर्तिमान बनाएका हुन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा एक हजार सातवटा रोबोटले एक मिनेटभन्दा बढी समय नृत्य गरेका थिए।
 
क्विन्दाओ इन्टरनेशनल बियर फेस्टिवलका क्रममा ४३.८ सेन्टिमिटर लम्बाईका रोबोट नृत्यमा सहभागी भएका थिए। यसअघि ५४० रोबोटको नाममा सामूहिक नृत्यको विश्व कीर्तिमान थियो। चीनकै शेङझेनमा ५४० रोबोटले बनाएको कीर्तिमानलाई शानदोङमा भएको कार्यक्रममा एक हजार सात रोबोटले तोडेका हुन्।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ