- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४२३ जनाको पिसिआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको छ ।
पिसिआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा चार, झापामा तीन, उदयपुरमा एक र प्रदेशबाहिरका चारजनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १०, उर्लाबारी, बेलबारी र धनपालथानमा एक-एक, सुनसरीको इटहरीमा दुई, धरान र रामधुनीमा एक-एक, झापाको भद्रपुर, मेचीनगर र कमल गाउँपालिकामा एक-एक, उदयपुरको त्रियुगामा एक र प्रदेशबाहिरका चारजनामा संक्रमण देखिएको हो ।
प्रदेशमा आज पाँच महिलासहित ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको सङ्ख्या १३५ रहेको मन्त्रालयले जनाएको छ ।