उच्चस्तरीय राजनीतिक समितिको बैठक: प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रिय सभा निर्वाचनमा केन्द्रीत
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
880
Shares
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठक राष्ट्रिय सभा निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमण र संसदको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रीत भएको छ ।
विहीबार विहान नौं बजेदेखि बसेको बैठकमा एमसीसी परियोजना र कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटका बारेमा पनि चर्चा भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
बैठकमा उच्चस्तरीय राजनीतिक समितका संयोजक रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।