arrow

देउवा–ओेलीबीच भेटवार्ता: संसद अवरोध हटाउन र एमसीसी सम्झौता अघि बढाउन छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
deuba-olibalkot.jpg

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संसदको गतिरोध हटाउन एमाले अध्यक्ष केपी ओलीसँग अनुरोध गरेका छन् ।

शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका देउवाले भेटमा एमालेले संसदमा गरिरहेको अवरोध हटाउन आग्रह गर्नुभएको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जनाएका छन् ।

‘भेटका क्रममा संसदको अवरोध हटाउन र अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा एमालेसँग सहयोग माग्नुभएको छ,’ उनले भने ।

यसअघि प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा ओली सहभागी नभएपछि पाँच दलीय गठबन्धन कै सल्लाह बमोजिम देउवा वालकोट पुगेका हुन् ।

एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदको कारवाही रोकेर अवैध रुपमा नेकपा एकीकृत समाजवादी दर्ता गरिएको भन्दै एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारवाही वैध हुनुपर्ने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ