arrow

विद्यालय बन्द गर्न सीसीएमसीसीले गर्‍यो सिफारिस 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
ccmc-new-meeting.jpg

काठमाडौं । माघ १५ गतेसम्मका लागि विद्यालय  बन्द गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सिफारिस गरेको छ ।  आइतबार बसेको सीसीएमसीसी को बैठकले विद्यालय बन्द गर्न सिफारिस गरेको हो  ।

खास गरी १८ वर्ष मुनिका बालबालिकाहरू धेरैले खोप नलगाएका कारण उनीहरूलाई लक्षित गर्दै संक्रमणको 'चेन ब्रेक' गर्नका लागि यस्तो सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर संक्रमण बढ्दै गएसँगै विभिन्न देशहरूले कडाइ सुरु गरेका छन् । नेपालमा समेत तीव्र रूपमा संक्रमण बढिसकेको छ । 

पछिल्ला दिनहरूमा देशको आधा भन्दा बढी संक्रमित उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भेटिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ