arrow

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
sher-bahadur-deuba-corona-t.gif
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको सोमबार पीसीआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।  

प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो ।

शुक्रबार परीक्षण गरेका प्रचण्डमा पोजेटिभ देखिएपछि शनिबार दिउँसोदेखि देउवा सार्वजनिक कार्यक्रममा गएका थिएनन् । शनिबार बिहान भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा छलफल भएको थियो । 

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेल हाल होम आइसोलेसनमा बसेको र दैनिक भेटघाटका कार्यक्रम स्थगित गरिएको छ । 

माओवादी केन्द्रको आठौं महाधिवेशनका क्रममा धेरैलाई संक्रमण भएको छ । महाधिवेशन हटस्पट नै बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ