arrow

दोषी ठहर भएपछि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
bheshraj-dahal-2022.jpg

काठमाडौं । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । 

उनी अघिल्लो केपी शर्मा ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् । 

मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास ग्रुपले क्याफ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्यो भन्ने विषयमा छानबिन समिति बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ