arrow

बालबालिकालाई जोगाउन झापाका सबै विद्यालय बन्द 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ पुष २७ मंगलबार
Jhapa-hamrakura.jpg.jpeg

झापा । झापामा डिसीएमसीको बैठकले जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

झापाका निमित्त प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा जिल्लामा आज मङ्गलवार बसेको बैठकले पुस २७ गतेदेखि माघ १४ गते सम्म सबै विद्यालयहरू बन्द गर्न अनुरोध गर्ने र उक्त समयावधिमा विद्यार्थीहरूलाई खोपको व्यवस्था गर्ने निर्णय गरेको हो । 

 बैठकले उक्त समयावधिमा जिल्लामा २५ जना बढी भेला भएर कुनै किसिमका सभा जुलुस तथा अन्य कार्यक्रम गर्न नपाइने निर्णय गरेको छ । सरकारी सेवा लिनका लागि अनिवार्य खोप कार्ड लागू गरिने, छिमेकी मुलुक भएर नेपाल प्रवेश गर्ने सबैलाई सीमा नाकामा एन्टीजेन्ट परीक्षण गर्ने व्यवस्था गरिने बैठकको निर्णयमा उल्लेख छ ।
 
यसै गरी जिल्लामा सञ्चालित होल्डिड सेन्टर तथा आइसोलेसनलाई पुनः सञ्चालन गर्ने निर्णय समेत बैठके निर्णय गरेको छ ।

No description available.

No description available.



नयाँ