एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनको बहुप्रतिक्षित चलचित्र ‘मोहनजोदारो’ को अर्को रोचक ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा ऋतिक रोशन किसान भुमिकामा देखिएका छन् ।
सो भिडियोमा ऋतिक रोशन मोहनजोदारोलाई बचाउन पुरा कोसीस गरेको देखाइएको छ । त्यसका लागि उनि युद्ध पनि गरेका छन् । चलचित्रमा ऋतिक रोशनसँग अभिनेत्री पूजा हेगडे रहेकी छन् । त्यस्तै चलचित्र रिलिज पुर्वनै गितहरु सुपरहिट भइसकेका छन् ।
चलचित्रको निर्देशन आशुतोष गोवारिकरले गरेका हुन् भने निर्माता सिद्धार्थ राय कपूर र सपनीता गोवारिकर रहेका छन् । चलचित्र अगस्ट १२ मा रिलीज हुदैछ ।