arrow

मोदीको लागि अर्धनग्न तस्वीर खिचाउने मेघना कांग्रेसमा

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
Meghna-Patel-6.jpg.jpeg
एजेन्सी। दक्षिण भारतीय चलचित्र अभिनेत्री एवं मोडल मेघना पटेलले राजनीति करियर सुरु गरेकी छन् । मेघना राष्ट्रवादी कांग्रेस पार्टीमा आबद्ध भएकी छन्। कांग्रेसका तर्फबाट पार्टीमा  मेघनाको स्वागत एनसीपीका वरिष्ठ नेता एवं पूर्व नागरिक उड्डयन मन्त्री प्रफुल्ल पटेलले गरेका छन्।
 
मेघनाले सन् २०१४ को लोकसभा चुनावमा नरेन्द्र मोदीको  समर्थनमा अर्ध नग्न तस्वीर खिचाएकी थिइन्। तस्वीरमा मेघनाको हातमा मोदीको तस्वीर राखिएको थियो। सो समय कयौ मानिसहरुले यसलाई उनको पब्लिसिटी स्टन्ट भनेका थिए। मेघना गुजरात बासी हुन्। गुजरातमा अगामि बर्ष विधानसभा चुनाव हुदैछ। कांग्रेसलाई  मेघना जस्ता ग्लामरस अनुहार पार्टीको लागि लाभदायक हुने अनुमान लगाउन सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ