arrow

मेस्सी र रोनाल्डो एकै क्लबबाट खेल्लान् ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
messi-ronaldo.jpg
तस्बिर– फाइल

काठमाडौं । यतिबेला विश्वका कोही दुई सनसनीपूर्ण फुटबल खेलाडीको नाम लिने हो भने अर्जेन्टाइन कप्तान लियोनल मेस्सी र पोर्चुगिच कप्तान क्रिष्टियानो नै अगाडि पर्छन् । दुवै खेलाडी सबैको रोजाइमा पनि पर्छन् । तर दुईबीचको खेल भने विल्कुल फरक छ । एक आक्रामक र अर्का शान्त । मेस्सी शान्त लाग्छन् । 

बालोन डे’ओर पुरस्कार जित्नेमा मेस्सी अगाडि छन् । रोनाल्डो पछि । सर्वाधिक बालोन डे’ओर जित्ने रेकर्ड दुवैमा छ । त्यसपछिमात्र अरु खेलाडी आउँछन् । यी खेलाडीहरु अहिलेसम्म एकै क्लबबाट खेलेनन् । तर जहाँबाट सनसनी मच्याइरहे । 

यदि यी दुवै एकै क्लबबाट खेले भने के होला ? के त्यो सम्भव छ ? 

असम्भव केही छैन । मार्काको समाचारलाई आधार मान्ने हो भने मेसी र रोनाल्डो एकै क्लबबाट खेल्न सक्ने आधार छन् । 

त्यो आधार भनेको महंगा रोनाल्डो १२ वर्षपछि पुरानै क्लब इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडमा पुगे । तर त्यहाँ उनी सन्तुष्ट हुन सकेका छैनन् । उनले म्यानयुलाई उत्थान गर्ने सम्भावना पनि छैन । म्यानयु अहिले नै लिगको उपाधिबाट धेरै टाढा भइसकेको छ । 

अर्कातर्फ फ्रेन्च मिडियाहरुले असन्तुष्ट रोनाल्डोलाई किन्न सक्ने हैसियत अब कसैले राख्छ भने त्यो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) हुने दाबी गरेका छन् । रोनाल्डोलाई गत सिजनमै पीएसजीले भित्र्याउने प्रयास गरेको थियो । 

पीएसजीका केलियन एम्बाप्पे क्लबमा रहन इच्छुक छैनन् । एम्बाप्पे स्पेनिश क्लब रियाल मड्रिड जाने हल्ला चलेपछि पीएसजीले रोनाल्डोलाई ल्याउन खोजेको थियो । 

एम्बाप्पे अझै पनि क्लब छाड्न सक्छन् । अनि रोनाल्डो म्यानयुमा इच्छित छैनन् । अनि रोनाल्डोलाई किन्ने हैसियत पीएसजीले राख्न सक्छ । यति भए पुगिहाल्यो । 

यी चर्चा र हल्लाले वास्तविकताको आकार लिने हो भने मेस्सी र रोनाल्डो प्रतिद्धन्द्धी भएर नभइ सहकर्मी भएर एउटै क्लबबाट खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ