arrow

रोजिनाको घाँटी रेटी हत्या गर्ने गोरे दुई दशकपछि समातिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
hatya-murder.jpg

इलाम । रोजिना राईको घाँटी रेटी हत्या गर्ने गोरे भनिने मनकुमार राई दुई दशकपछि पक्राउ परेका छन् । १८ वर्षीया रोजिना राईको हत्या गरेर भागेका गोरे २० वर्षपछि पक्राउ परेका हुन् । 

सूर्योदय नगरपालिका-३ का ४१ वर्षीय गोरेले २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी राईको हत्या गरेका थिए । 

पछिल्लो समय उनी गाउँ फर्किएर आफ्नो नियमित काममा लागेका थिए । प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भएको इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए । 

गोरेले रोजिनाको हत्या गरेको स्विकारेको श्रेष्ठले बताए । राईमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ