arrow

चार दिने सचिव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
shankar-prasad-kharal-secretary-4days.jpg

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन शुक्रबार होइन । तर एक जना सहसचिवलाई सचिवमा बढुवा गर्न मन्त्रिपरिषद्को बैठक बस्यो । बैठकले शंकरप्रसाद खराललाई सहसचिबाट सचिवमा बढुवा गर्ने निर्णय गर्यो । 

त्यस दिन बैठक नबसेको भए ४ दिनपछि खराल सचिव नभएरै अवकाश पाउने थिए । अर्थात ४ दिनको लागि खराल सचिव भएका छन् । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा रामेश्वर दंगाल, दोश्रो नम्बरमा मुकुन्द्रप्रसाद निरौला र तेश्रो नम्बरमा खरालको नाम सिफारिस गरेको थियो । 

तर मन्त्रिपरिषद्ले पालो मिचेर खराललाई सचिवमा बढुवा गर्ने निर्णय गर्यो । खरालले यही माघ ४ गतेबाट ५८ वर्षे उमेर हदको कारण अनिवार्य अवकाश लिँदैछन् ।
 
४ दिने सचिवमा बढुवा भएका खराल पहिलो व्यक्ति भने होइन । यसअघि बिहान बढुवा भएर साँझ अवकाश लिएका सचिव पनि छन् । लोकसेवा आयोगका वर्तमान सदस्य वीरबहादुर राई २ हप्ताका लागि मात्र सचिवमा बढुवा भएका थिए । 

यसैगरी श्री आचार्य, महाप्रसाद शर्मा लगायतका सचिव एक हप्ताका लागि सचिवमा बढुवा भएका थिए । अवकाश पाएपछि अर्को राजनीतिक नियुक्ति लिन कानूनी बाटो खुला गर्ने गरी सहसचिवहरु एक दिनका लागि भए पनि सचिवमा बढुवा हुन लालायित हुन्छन् । 

यसैगरी सामाजिक प्रतिष्ठा तथा अवकाशपछि पाउने मासिक पेन्सन सुविधामा वृद्धि हुने भएपछि सचिव हुनका लागि सहसचिवहरु विभिन्न माध्यमबाट प्रयास गरिरहेका हुन्छन् । 

सरकारले पनि उनीहरुले अपेक्षा गरेझैं एक दिनका लागि भए पनि बढुवा गरिदिन्छ । तर कसैले यो मौका पाउँछन्, कोही भने सचिव नभएर अवकाश पाउने गर्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ