arrow

भूकम्पमा परी कम्तीमा २६ को मृत्यु, थुप्रै घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
afghanistan-crisis.jpg
तस्बिर– फाइल

काठमाडौं । अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.१ रेक्टर स्केलको भूकम्प जाँदा थुप्रै घाइते भएका छन् । 

भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ । घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने । 

भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्पले पुर्याएको क्षतिको वृस्तिृत विवरण सार्वजनिक हुन बाँकी नै छ । 

यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ ।
क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो ।

भूकम्पको असर पाकिस्तान र भारतसम्म महसुस गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ