arrow

डिशहोमबाट विश्वभरका सर्ट मुभी हेर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
dishhome-short-movie.png

काठमाडौं । डिशहोमले सर्ट टीभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण शुरु गरेको छ । सर्ट टीभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टीभी शुभारम्भ गरेका हुन् । 

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सर्ट टीभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक हो भन्दै अब डिशहोममार्फत विश्वभरबाट सर्ट मुभी हेर्न सकिने बताए । उनले यसबाट नेपाली कलाकार अभिनित सर्ट मुभीसमेत विश्वभर पुग्नसक्ने बाटो खुलेको बताए । 

पछिल्लो समयमा सर्ट मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिशहोमले नेपालमा फरक प्ल्याटफर्मबाट आफ्ना दर्शकलाई खुशी पार्न लागेको हो । डिशहोमको च्यानल नं ९२८ मा सर्ट मुभी हेर्न सकिने छ । 

यो च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि इण्डियन, टर्किश, इरानियन, ब्रिटिश, अमेरिकन सर्ट मुभी हेर्न सकिने छ । 

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त लोकप्रिय सर्ट मुभीले दर्शकहरुको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली सर्ट मुभी पुर्याउनसमेत सहयोग पुग्ने आशा लिएको डिशहोमले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ