arrow

मन्त्री यादवलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
renu-yadav.gif

 काठमाडौं । मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न मानव  अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ ।  आइतबार समाजका तर्फबाट गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

मन्त्री रेणु यादवले हालै रौतहटको गौरमा दिएको  आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा विपरीत हुनुका साथै लोकतान्त्रिक  मर्यादाको खिलाफ रहेको शान्ति समाजको ठहर छ।

 'आपराधिक  मार्गलाई बढवा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज  आग्रह गर्दछ। यसै गरी सी के राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृङ्खल एवम् अशोभनीय गतिविधिको शान्ति समाज निन्दा गर्दछ ।' विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ