arrow

जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
hajiri.jpg.jpeg
जाजरकोट । जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सुरु भएको हो । 
 
बुधबारदेखि प्रशासन कार्यालयमा विद्युतीय हाजिरी सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । 
 
विद्युतीय हाजिरी जडानसँगै कार्यालयमा कर्मचारी समयमा आउने र काम कारबाही छिटोछरितो हुने आशा लिइएको छ । 
 
जिल्लाका अन्य सरकारी कार्यालयमा पनि यो प्रणाली जडान गर्न सके कामकाजमा प्रभावकारिता आउने अपेक्षा गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ