arrow
ADVERTISEMENT

निवासमा आराम गर्दै अध्यक्ष ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । कोभिड-१९ संक्रमण भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मङ्गलवार एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । 

अध्यक्ष ओली कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहेका छन् । उनी हाल बालकोटस्थित निवासमा आइसोलेसनमा रहेका छन्  ।

 शनिवार गरिएको एन्टिजेन परीक्षणमा अध्यक्ष ओलीमा कोरोना पोजेटिभ देखिएको थियो । पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्री, नेकपा माओवादीका अध्यक्ष लगायतका थुप्रै नेताहरूमा कोरोना संक्रमण देखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ