काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेसबाट कसलाई पठाउने भन्ने सकस भइरहँदा अर्जुननरसिंह केसीको नेतृत्वमा सरकारमा पठाउने सम्भावना कमजोर बनेको छ ।
यो बुझेसंगै केसीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो नेतृत्वमा सरकारमा पठाउन गा¥हो भए पनि त्यसमा कुनै आपत्ति नभएको जनाएका छन् ।
स्रोतका अनुसार उनले बिहीबार बिहान देउवालाई भेटेर दोस्रो तहका रुपमा गृह मन्त्रालय पाए पनि जाने सर्त अगाडि सारेर फर्किएका छन् ।
अहिलेसम्म विमलेन्द्र निधीकै नेतृत्वमा काँग्रेस सरकारमा जाने बुझिएको छ ।
यतिबेला पार्टी सभापति शेरबहादुर देउवा, कृष्ण सिटौला र रामचन्द्र पौडेलका निवासमा छुट्टछुट्टै छलफल चलिरहेको छ ।