काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले केही बेरमा पद तथा गोपनीयताको सपथ लिँदै छन् । राष्ट्रपति भवन शीतल निवासमा सपथका लागि विशेष समोरोहको आयोजना गरिएको छ ।
दाहालले सपथ ग्रहणपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन् ।
सपथ समारोहमा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति परमानन्द झा, निर्वतमान प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउववा, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, भामुख ओनसरी घर्ती, मन्त्रीहरु र पूर्वमन्त्रीहरु तथा कुटनितिक नियोकका प्रमुखहरु शीतल निवास पुगेका छन् ।
यस्तै, मन्त्रि परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाल सरकारका विशिष्ट पदाधिकारी शीतल निवासको सपथ समारोहमा उपस्थित छन् ।