arrow

नेविसंघ महाधिवेशनः पार्टी कार्यालयमा अनशन, भृकुटीमण्डप रङ्गीचङ्गी हुँदै

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
aamaranansanprachar1.jpg.jpeg
काठमाडौं। केहीदिनसम्मको अन्योलताकाबीच महाधिवेशनको तयारीमा लागेका नेविसंघका नेता कार्यकर्ताहरूले नौ वर्षसम्म नभएको महाधिवेशनबाट नयाँ नेतृत्व चयनमा जुट्न लागेका छन्। तर अझै पनि सबै त्यहि उत्साहका साथ महाधिवेशनमा जुट्न सकेका छैनन। दुई विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरी ढुङगेल विधिवत महाधिवेशनको माग राख्दै पार्टी कार्यालयमा आमरण अनशनमा छन भने महाधिवेशनस्थल भृकुटीमण्डपमा भने नेतृत्वका आकाँक्षीहरुको प्रचारले रङगिचङगी हुन थालेको छ। 
 
प्रचारप्रसार तीव्र हुँदै गर्दा अझै पनि कतिपय तोकिएकै मितिमा महाधिवेशन हुन्छ नै भनेर ठोकुवा गर्न सक्ने अवस्था नभएको तर्क गर्छन। तर पनि महाधिवेशन हुनु भन्दा ठीक ३ दिन अघि महाधिवेशनस्थल भृकुटीमण्डपमा पुग्दा नेतृत्वका आकाँक्षीहरु बीचमा कडा प्रतिस्पर्धा देखिन थालेको छ। उनीहरुले आ–आफ्नो पक्षमा मत माग्दै व्यानर राख्न थालेका छन्। चारै तिर नेविसंघको कलम र मसाल अंकित रातो झण्डा फहराउन थालिएको छ। मूल प्रवेशद्वारदेखि नै यस्ता प्रचार सामग्रीगहरू राखेर महाधिवेशन स्थल रङगिचङगी बनाउन थालिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ