arrow

सरकारी दुकुटीबाट दोहोरो सुविधा लिनेहरुले महानगरमा गरे वितण्डा (नामावली सहित)

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौं। सरकारले आफूलाई गैरकानूनी रूपमा दोहोरो सुविधा दिनु पर्नेमाग राख्दै महानगरपालिकाका नगर प्रहरीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरू दुईदिनदेखि महानगरको प्रशासनमा आफ्नो काम छाडेर धर्ना दिँदै आएका छन्। महानगरप्रहरीको लागि महानगरपालिकाले ९० जना नगरप्रहरीको पदपूर्तिको लागि दरखास्त आह्वान गरेपछि दोहोरो सुविधा लिएका करारका प्रहरी कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। महानगरले यही २६ गते अन्तिम मिति हुनेगरी दरखास्त आह्वान गरेको छ। 
 
काठमाडौं महानगरपालिकामा करारमा कार्यरत रहेका विभिन्न पदका नगरप्रहरीहरूले महानगरपालिका कार्यालय परिसरमा दोहोरो सुविधाको माग गरिरहेको भएपनि यो विषयमा यस अघि नै नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेर दोहोरो सुविधा लिनेसँग पैसा असुल उपर समेत गरिसकेको छ । तर, उनीहरू भने अहिले पनि दोहोरो सुविधा पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहँदा पनि यस विषयमा महानगपालिका प्रशासन भने निरीह बनेर बसिरहेको छ । 
 
सामान्य प्रशासन मन्त्रालयले २०७२ साल माघ ११ गते सबै मन्त्रालय सचिवालय, आयोग र कार्यालयलाई गरेको परिपत्रमा कुनैपनि व्यक्तिले सरकारी निवृत्तिभरण लिईरहेको व्यक्तिले पुनः सार्वजनिक लाभको पदमा मासिक पारिश्रमिक पाउने गरी नियुक्त भएमा निजहरूले पाउने सुविधाको सम्बन्धमा नेपाल सरकारको २०७२ साल माघ ८ गतेको निर्णय बमोजिम गर्नको लागि उक्त परिपत्र गरेको थियो । जुन मन्त्रिपरिषद्को निर्णयले दोहोरो सुविधा लिन नपाउने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरेको छ । यसरी मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर धेरै व्यक्तिलाई दोहोरो सुविधा लिनेबाट रकम असुली समेत गरिसकेको अवस्थामा महानगरका प्रहरीहरू भने काम छाडेर आन्दोलनमा उत्रिएका हन् । 
 
को को छन् दोहोरो सुविधा लिने नगरप्रहरीहरू ? 
काठमाडौं महानगरपालिकाको तथ्याङ्क अनुसार नेपाल सरकार नेपाली सेना, तथा नेपाल प्रहरीको सेवाबाट निबृत्तिभरण प्राप्त गरी हाल काठमाडौं महानगरपालिका शहरी सु–व्यवस्था विभाग अन्तर्गत् नगरप्रहरी महाशाखामा कार्यरत नगरप्रहरी कर्मचारीहरू ६० जना रहेको पनि महानगरपालिकाले जनाएको छ । हाम्रा कुरा डटकमले पाएको गोप्य पत्रमा लेखिए अनुसार १७ जना स्थायी र बाँकी करार गरी कूल ६० जना दोहोरो सुविधा लिएर बसेका छन् । तिनीहरूको नामावली यस्तो छ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ