arrow

नेविसंघको अध्यक्षदेखि कोषाध्यक्षसम्म को को बन्दैछन प्रत्यासी?

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
nsuphotospratinidhi.jpg.jpeg
काठमाडौं। नेविसंघको आसन्न महाधिवेशनको लागि देश तथा विदेशबाट समेत नेपाल विद्यार्थी संघका प्रतिनिधिहरूले विशेष चासोका साथ हेरेको यो महाधिवेशनमा उम्मेदवारहरूको भने लर्को छ। अध्यक्ष पदको लागि देखिएका एक दर्जन भन्दा बढी उम्मेदवारका आकांक्षी रहेको नेविसंघको यो महाधिवेशनमा महामन्त्रीमा पनि दर्जन भन्दा बढी आकांक्षीहरू उम्मेदवारी दिने तयारीमा रहेका छन्। 
 
यसरी अध्यक्ष र महामन्त्री पद भन्दा बाहेकका अन्य पदहरूमा पनि अहिलेसम्म धेरैले आकांक्षा देखाईसकेका छन्। अध्यक्ष पदमा अहिलेसम्म आकांक्षा देखाउनेमा जीतजंग बस्नेत, नैनसिंह महर, मनोजमणी आचार्य, कुन्दन काफ्ले, सरोज थापा, रत्न कार्की, दिपक भट्टराई, आनन्दराज त्रिपाठी, निलकण्ठ रिजाल, रामप्रसाद अधिकारी रहेका छन्। त्यस्तै गरी, अध्यक्षका आकांक्षीहरूमा लक्ष्मण आचार्य, शुभराम बस्नेत, क्षितिज भण्डारी, विनिता अधिकारी पनि रहेका छन्। उनीहरु सबै चुनावी मैदानमा आए भने एकैपटक नेविसंघले अध्यक्ष पाउने सम्भावना कम हुने देखिएको छ। उनीहरु मध्ये आधा नै उम्मेदवार नभएपनि एकैपटक अध्यक्ष हुने सम्भावना कम रहेको जानकारहरु बताउँछन्।  
 
यस्तैगरी प्रदेश उपाध्यक्ष र समावेशी उपाध्यक्षबाट पनि उम्मेदवारी दिनेहरूको मोटामोटी नामावली चर्चामा आउन थालेको छ। प्रदेश उपाध्यक्षमा उम्मेदवारीको आकांक्षा देखाउनेहरूमा अहिलेसम्म कृष्ण कार्की, नवीन राई, अईन्द्र केरूङ, शंकर पौडेल, विष्णु पौडेल, एल वि कार्की, लक्ष्मी भक्त खनाल, पवन नेपाल, नीमा गिरी, मुक्ति पौडेल, खड्ग डाँगी, राजन कुँवर, राकेश श्रेष्ठ र स्वपान बोहोरा रहेका छन्। त्यस्तै समावेशी उपाध्यक्षहरूमा कृष्ण कुमारी बस्नेत, चन्दा अधिकारी, कमला न्यौपानेले पनि उपाध्यक्ष पदको लागि आकांक्षा देखाएका छन्। मोरङका खेमराज पौडेल, झापाका नारायणी गिरी, मोरङका सुभाष भण्डारी, सुनसरीका विकास केसी उपाध्यक्षको उम्मेदवारी दिन लागेका छन्। त्यस्तै प्रदेश नं २ बाट सप्तरीका खडेन्द्र कर्ण, सर्लाहीका विमल ढुङ्गेल, रौतहटका निखिलेश मिश्र र सर्लाहीका विश्वमित्र रावल पनि उपाध्यक्षको उम्मेदवारी दिन लागेका छन्। विश्वमित्र रिजालले प्रदेश नम्बर २ को प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्। त्यस्तै, एलवि कार्की प्रदेश नं ३ वाट उपाध्यक्षको उम्मेदवारी दिन लागेका छन्। राकेश श्रेष्ठ पनि उमेद्वारीको तयारीमा छन्। सल्यानका राजिव केसी उपाध्यक्षको तयारीमा छन्।
 
त्यस्तै गरी महामन्त्रीका आकांक्षीहरूमा युवराज पाण्डे, डिल्लीराम सुवेदी, विनयराम भट्ट, पुष्पकुमार शाही रहेका छन्। उनीहरूसँगै महामन्त्रीका अन्य उम्मेदवारहरूमा प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, उर्मिला थपलिया, महेश्वरी कुँवर, कमला न्यौपाने, मनोज बैद्य, रमेश रिजाल, प्रकाश केसी र मित्र भट्टराई रहेका छन्। 
 
 
सह महामन्त्री पदका उम्मेदवारहरूमा भने धेरैको आकांक्षा रहेको देखिएको छ। यसरी आकांक्षा देखाउनेहरूमा सात नम्बर प्रदेशबाट बझाङका उत्तम रोकायाको दाबी रहेको छ। त्यस्तैगरी नेता रोकायाले पछिल्लो समयमा आफनो राजनैतिक भेटघाट तीब्र पार्दै सह–महामन्त्रीका लागी सहयोग गर्न आग्रह गरिरहेका छन्। नेविसंघको १० औ जिल्ला अधिबेसनबाट बझाङ नेबिसघंको जिल्ला अध्यक्ष बनेका रोकाया बझाङका लोकप्रिय यूवा नेताका रुपमा समेत चिनिन्छन्। अछामबाट भने अम्बिका चलाउने सहमहामन्त्रीमा उमेद्वार बन्दैछिन्। उनी पार्टीको महासमिति सदस्य समेत हुन्। 
 
त्यसैगरि सहमहामन्त्रीका अर्का उम्मेदवार हरिहर शर्मा रहेका छन्। बाग्लुङ नेविसंघका निवर्तमान अध्यक्ष समेत रहेका शर्मा २०५९ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेर पटकपटक जेल जीवन भोगेको बताउँछन् भने उनको परिवारमाथि २०७० सालको निर्वाचनको समयमा विपक्षीबाट आक्रमण समेत गरेका थिए। रसुवाका धर्म राज पौड्याल प्रदेश न ३ बाट सहमहामन्त्रीको उम्मेदवारी दिदैछन्। नेविसंघ रसुवाका पुर्व अध्यक्ष रहेका पौड्याल आफ्नो जीत सुनिश्चित भएको बताउँछन्। 
 
त्यस्तैगरी सहमहामन्त्रीमा कृष्ण भण्डारी, दिनेशचन्द्र थपलिया पनि आकांक्षी देखिएका छन्। इलामबाट विद्यार्थी राजनीति शुरु गरेका राजेन्द्र वास्तोला पनि सहमहामन्त्रीका उमेद्वार बन्ने भएका छन्। त्रिचन्द्र क्याम्पसमा समेत विद्यार्थी राजनीतिमा सक्रिय रहेका वास्तोला नेविसंघको महाधिवे्शनबाट केन्द्रीय राजनीतिमा प्रवेश गर्ने योजना बताउँछन्। वास्तोला सहमहामन्त्रीमा आफू वलियो दावेदार रहेको दावी गर्छन।
 
विद्यार्थी नेतृहरु रूपा पोखरेल, रञ्जिता कार्की, सम्झना खत्री, ललिता सुनार, सीता गौतम, लक्ष्मी पौडेल, झल विक, ज्ञानु तिमिल्सिना, सीता मिजार, ऋषा श्रेष्ठ, उर्मिला कँडेलले पनि सहमहामन्त्री सहित पदाधिकारीमा आकांक्षा देखाएका छन्। उनीहरू भिन्न भिन्न समूहबाट उम्मेदवारी दिने तयारीमा छन्। त्यस्तैगरी, कोषाध्यक्ष पदको लागि अञ्जना अर्यालले आकांक्षा देखाएकी छिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ