arrow

बाजुरामा भालुले मच्चायो आतंक

logo
प्रेम रौले,
प्रकाशित २०७३ साउन २० बिहिबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । बाजुराको बाह्विस गाविसमा भालु  र बदेलको आतंक बढेको छ । कोदो पाक्न थालेपछि जगलबाट भालु आउन थालेको स्थानिनयहरुको भनाइ रहेको छ । भालु र बदेल आउन थालेपछि स्थानियहरु पाकेको कोदो टिप्न जान छाडेका छन् । 
 
भालु र बदेलले लगाएको बाली सखाप पार्न थालेपछि के खाने भन्ने चिन्ता बढेको स्थानियले महादेव जोशीले बताए । गाउ नजिकै बनमारो भएकाले झारीमा बस्दै  आएको वर्षैदेखिको भालु अहिले सम्म हट्न सकेको छैन जोशीले भने ।
 
वर्षेबाली मध्ये कोदो बाह्विसका वडा नं २ बाहुनबाडा, ३बदेडा, ४नुवाकोट ५ सिंगाडा र वडा नं ७  मोटाबाडामा भालु र बदेलको आतंक बढेको स्थानिय चन्द्र बहादुर थापाले जानकारी दिएका छन् । भालु र बदेलको आतंकले गर्दा गाउमा रहेका कतिपयलाइ घाइते समेत बनाएका छन् । भालु र बदेल नजिकैको जंगलमा बस्ने गरेकाले रातीको समयमा बाहिर आउन समेत डरलाग्ने गरेको थापाले भने ।
 
भालु र बदेल नियन्त्रण गर्नका लागि सरोकारबाला निकायको ध्यान नगएको थापाले गुनासो गरेका छन् । भालुको आतंक कम गर्नका लागि सम्वन्धित निकायको ध्यान जान जरुरी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ