बाजुरा । बाजुराको बाह्विस गाविसमा भालु र बदेलको आतंक बढेको छ । कोदो पाक्न थालेपछि जगलबाट भालु आउन थालेको स्थानिनयहरुको भनाइ रहेको छ । भालु र बदेल आउन थालेपछि स्थानियहरु पाकेको कोदो टिप्न जान छाडेका छन् ।
भालु र बदेलले लगाएको बाली सखाप पार्न थालेपछि के खाने भन्ने चिन्ता बढेको स्थानियले महादेव जोशीले बताए । गाउ नजिकै बनमारो भएकाले झारीमा बस्दै आएको वर्षैदेखिको भालु अहिले सम्म हट्न सकेको छैन जोशीले भने ।
वर्षेबाली मध्ये कोदो बाह्विसका वडा नं २ बाहुनबाडा, ३बदेडा, ४नुवाकोट ५ सिंगाडा र वडा नं ७ मोटाबाडामा भालु र बदेलको आतंक बढेको स्थानिय चन्द्र बहादुर थापाले जानकारी दिएका छन् । भालु र बदेलको आतंकले गर्दा गाउमा रहेका कतिपयलाइ घाइते समेत बनाएका छन् । भालु र बदेल नजिकैको जंगलमा बस्ने गरेकाले रातीको समयमा बाहिर आउन समेत डरलाग्ने गरेको थापाले भने ।
भालु र बदेल नियन्त्रण गर्नका लागि सरोकारबाला निकायको ध्यान नगएको थापाले गुनासो गरेका छन् । भालुको आतंक कम गर्नका लागि सम्वन्धित निकायको ध्यान जान जरुरी रहेको छ ।