arrow

प्रदेश १ : ५३३ जनामा कोरोना पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
province-1-corona.jpg

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा सात, उदयपुरमा ६, भोजपुर र इलाममा तीन-तीन, तेह्रथुममा दुई, सङ्खुवासभा र पाँचथरमा एक-एक तथा प्रदेश बाहिरका २९ जनामा कोरोना देखिएको हो ।

मोरङको विराटनगरमा ९७, बेलबारीमा सात, पथरीशनिश्चरेमा पाँच, उर्लाबारी र सुन्दरहरैचामा चार-चार, मिक्लाजुङमा तीन, कटहरी, जहदा र स्थानीय तह नखुलेका दुई-दुई, कानेपोखरी, सुनवर्षी, ग्रामथान, रङ्गेली र बूढीगङ्गामा एक-एक, झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा पाँच-पाँच, कनकाई र बुद्धशान्तिमा चार-चार, मेचीनगरमा तीन, गौरीगञ्ज, शिवसताक्षी र स्थानीय तह नखुलेका एक-एक जनामा संक्रमण देखिएको छ ।  

यसैगरी सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा तीन-तीन, इनरुवा, गढी र देवानगञ्जमा दुई-दुई, रामधुनी र कोशी गाउँपालिकामा एक-एक र स्थानीय तह नखुलेका नौ, धनकुटाको धनकुटा नगरपालिकामा चार, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका एक-एक, उदयपुरको कटारी र त्रियुगामा दुई-दुई, चौदण्डीगढी र बेलकामा एक-एक, भोजपुरको भोजपुर नगरपालिकामा दुई र टेम्केमैयुङमा एक, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा एक-एक, तेह्रथुमको छथर र मेन्छेयायेममा एक-एक, सङ्खुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा  एक-एक तथा प्रदेश बाहिरका २९ जनामा संक्रमण पुष्टि भएको छ । 

प्रदेशमा ७७२ जना कोरोनाबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय कोरोना संक्रमितको सङ्ख्या पाँच हजार २४३ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ