arrow

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा परियार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
govinda-pariyar-journalist.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस सल्लाहकारमा गोविन्द परियारलाई नियुक्त गरेका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकले उनलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको छ महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । नियुक्ति नपाए पनि परियारले बालुवाटारमै बसेर प्रेस विज्ञको काम भने शुरुदेखि नै गरिरहेका थिए ।

परियार देउवाको अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको प्रेस विज्ञ नियुक्त भएका थिए । गत असार २९ गते देउवा पाँचौं पटक प्रधानमन्त्री बनेका हुन् । यसअघि पनि देउवाले विभिन्न विज्ञलाई नियुक्त गरेका छन् । 

उनको सचिवालय अब पूर्णउन्मुख देखिएको छ । 

परियार नेपाली कांग्रेसको १४ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधि पनि हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ