arrow

शिशिर ढुंगाना मुख्यसचिव हुन नपाइ अवकाश पाए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
shishir-kumar-dhungana-sachiv.jpg

काठमाडौं । लामो समयसम्म अर्थसचिव भइ काम गरेका र पछिल्लो समय प्रधानमन्त्री कार्यालयमा ल्याइएका शिशिरकुमार ढुंगानालाई मुख्यसचिव हुने चाहना थियो । यसको लागि उनले निकै लबिङ गरे । 

विभिन्न माध्यमबाट उनी पार्टीका शीर्ष नेताहरुसम्म पुगे । तर उनको चाहना पूरा भएन । मुख्यसचिव नभएर १९ गतेदेखि उनले अनिवार्य अवकाश पाएका छन् । सचिवमा पाँच वर्षको कार्यकाल पूरा गरी उनले अवकाश पाएका हुन् ।  

करिब दुई वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीलाई कार्यकाल पूरा नगरेर बेलायतको राजदूत बनायो । खाली ठाउँमा शंकरदास बैरागीलाई मुख्यसचिव बनाइएको थियो । 

बैरागी अहिले पनि मुख्यसचिव पदमै कार्यरत छन् । त्यसबेला रेग्मीले आफ्नो कार्यकालसम्म काम गरेको भए बैरागी मुख्यसचिव हुन सक्दैनथे । 

बैरागीलाई मुख्यसचिव बनाउन रेग्मीलाई बेलायतको राजदूत बनाइएको थियो । त्यस्तै चाहना ढुंगानाको थियो । हालका मुख्यसचिव बैरागीलाई राजदूत बनाएर खाली रहेको ठाउँमा आफू मुख्यसचिव हुन ढुंगानाले धेरै प्रयास गरेका थिए । तर उनको प्रयास काम लागेन ।

लामो समयसम्म अर्थ मन्त्रालयमा काम गरेका ढुंगानालाई शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । 

निजामती सेवा ऐन २०४९ अनुसार सचिवको कार्यकाल पाँच वर्षको र मुख्यसचिवको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ । 

त्यसैले उनले अनिवार्य अवकाश पाउनुअघि नै मुख्यसचिव हुन प्रयास गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ