एजेन्सी । सन् २०१५ को सुपरहिट ब्लकबस्टर चलचित्र ‘बाहुबली’ को अर्को संस्करण ‘बाहुबली : द कनक्लूजन’ को दर्शक व्यग्र प्रतिक्षामा रहेका छन् । तर उक्त धेरै विधामा सम्मानित चलचित्रको रिलीज डेटमा भने परिर्वतन भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्र १४ अप्रिल २०१७ मा रिलीज हुने तय गरिएको थियो । तर चलचित्र २८ अप्रिल २०१७ मा रिलिज हुने भएको छ । धर्मा प्रोडक्शनका संस्थापक तथा बलिउडका चर्चित निर्देशक करण जोहरले ट्वीट गरेर चलचित्रको डेट तय भएको जानकारी दिएका छन्।
‘बाहुबली’ को हिन्दी भर्जनको राइट्स धर्मा प्रोडक्शनमा रहेको छ । पहिले देखि गरिएको अड्कल अनुसारनै चलचित्रको दोस्रो भागको राइट्स पनि धर्मा प्रोडक्शनसँग सरक्षित रहेको छ । धर्मा प्रोडक्शनका सीइओ अपूर्वा मेहराले पनि सो कुराको जानकारी गराएका छन् ।