arrow

३८ वर्षे महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
Jumla-himpat-(1).jpg.jpeg
तस्बिर– फाइल

कर्णाली । जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ ।यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको  निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए । 

उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनीको यही माघ २१ गते निधन भएको हो । “पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,” देवीलालले भने, “गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो ।” 

सो घटनास्थल जुम्ला सदरमुकाम खलाङगाबाट एक दिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ