arrow

देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक केपी ओली बालुवाटारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
deuba-oli-2022.JPG
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीको एजेन्डा के हो हामीलाई थाहा छैन,’ रिमालले भने ।

प्रधानमन्त्री देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । प्रचण्डसँग पनि ४ बजे नै भेटवार्ताको समय तोकिएकाले तीन दलका शीर्ष नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुन लागेकोसमेत बताइन्छ । 

केपी ओली शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक बालुवाटार जान लागेका हुन् । यसअघि सर्वदलीय बैठकका लागि पटक पटक बोलाइएको भए पनि ओली गएका थिएनन् । 

देउवा भने केही समयअघि ओली निवास बालकोट पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ