arrow

नेविसंघ महाधिवेशनको तयारी अन्तिम चरणमा, सुरक्षामा भूपू सैनिक संघ

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
NSU-election.jpg.jpeg
काठमाडौं। आसन्न नेपाल विद्यार्थी संघको महाधिवेशनको समय नजिकिँदै गर्दा विवाद मिल्न बाँकी बाहेक अन्य सबै काम सकिएको छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा नेविसंघका नेताहरूले चारैतिर पार्टी नेविसंघको झण्डाले राताम्मे बनाएका छन् भने महाधिवेशन स्थल बाहिर नेविसंघको विभिन्न पदका उम्मेदवारहरूले आ–आफ्नो पक्षमा मत दिन आग्रह गर्दै पोष्टर र पम्पलेटहरू टाँस्ने काम पनि चलिरहेको छ। 
 
नेविसंघ केन्द्रीय समितिले दिएको जानकारी अनुसार नेविसंघको ११ औ महाधिवेशनको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। अहिले बन्दसत्रमा प्रस्तुत गरिने नेविसंघको शैक्षिक, राजनीतिक र सांगठनिक दस्तावेज तयार भईसकेको छ। 
त्यस्तै गरी गोपाल कृष्ण घिमिरेको नेतृत्वमा ५ सदस्यीय वकिलहरूको निर्वाचन समिति पनि गठन भईसकेको छ। महाधिवेशन स्थल सिँगार्ने काम लगभग सकिईसकेको छ भने प्रचारप्रसारको काम पनि अन्तिम चरणमा पुगेको छ। 
 
त्यस्तै, महाधिवेशन स्थल बाहिर मूल गेट बनाउने काम पनि शुक्रबारदिनभरीमा सम्पन्न गर्ने तयारी रहेको छ । २२ गतेसम्म मञ्च तयार हुने र २३ गते दिउँसो १ बजे पार्टी सभापति शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने पनि नेविसंघको कार्यसमिति सदस्य मोतीलाल भण्डारीले जानकारी दिए। 
 
त्यस्तैगरी महाधिवेशनको सम्पूर्ण सुरक्षाको जिम्मा भूतपूर्व सैनिक संघले जिम्मा लिएको पनि भण्डारीलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ