arrow

३० करोड लागतमा दुईवटा आफ्नै भवन बनाउँदै काठमाडौं महानगर

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भूकम्प प्रतिरोधी दुईवटा भवन निर्माण गर्ने भएको छ।
 
हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति पुर्‍याएको भए पनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा टेकुमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको कामपाको प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।
 
सात रोपनी जग्गामा बन्न लागेको उक्त भवनको छिटै शिलान्यास हुने प्रवक्ता कार्कीले जानकारी दिए। नौ रिक्टर स्केलसम्मको भूकम्प धान्नसक्ने ती भवनको नक्साङ्कन समेत तयार गरिसकेको छ। 
भूकम्पपछि आफ्नो कार्यालय जेडिए कम्प्लेक्समा सञ्चालन गर्दै आएको कामपाले मासिक करिब रु दश १० लाख भाडा तिर्दै आएको छ।
 
टेकुस्थित नगर प्रहरी ब्यारेकनजिकै निर्माण गर्न लागिको उक्त भवनको लागि रु ३० करोड लागत लाग्ने अनुमान कामपाले गरेको छ।
 
अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी कामअघि बढाइने बताइएको छ। गोरखा भूकम्पले क्षति पुर्‍याएको बाघदरबारको भवनलाई पुरातत्व विभागले मर्मतसम्भार गरेर सञ्चालन गर्न अनुमति दिएकाले सोहीअनुरुप सञ्चालन गर्ने तयारी कामपाको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ