arrow

चीनले सिन्जियाङमा फेरि सुरु गर्‍यो आतङ्कवाद विरोधी अभियान

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ २४ सोमबार
xinjiang-china.jpg
फाइल तस्बिर

काठमाडौँ। चीनले दक्षिणी प्रान्त सिन्जियाङमा फेरि आतङ्कवाद विरोधी अभियान सुरु गरेको छ। विश्वव्यापी दबाब बढेपछि चीन सरकारले शिक्षा शिविरहरू भङ्ग गर्ने बताएको थियो। तर, यसलाई नयाँ स्वरूपमा अघि बढाउँदै उइगर हरू लाई यातना दिने र नियन्त्रणमा लिने अभियान भने थप तीव्र पारेको छ। 

अन्तर्राष्ट्रिय समुदायले चीनसँग उइगरहरूको मानवअधिकार मुद्दामा दबाब दिनुका साथै नरसंहार अन्त्य गनै आह्वान गरिरहेका छन्। विश्वभरका मानवअधिकारवादी सङ्गठनहरूले पनि चीनलाई उइगरहरूमाथि नरसंहार नगर्न दबाब दिइरहेका छन्। 

अन्तर्राष्ट्रिय विभिन्न मानवअधिकारवादी सङ्गठनहरूले गरेका विभिन्न अध्ययन प्रतिवेदनहरूले चीनले सिन्जियाङमा मानिसहरूलाई बिना कारण नियन्त्रणमा लिने, उनीहरूलाई अवैधानिक हिरासत कक्षहरूमा राख्ने, यातना दिने, महिलाहरूलाई सामूहिक बलात्कार गर्ने, बाँझोपना गराउने, मुस्लिमहरूलाई सुँगुरको मासु खान लगाउने, जबरजस्ती श्रममा प्रयोग गर्ने लगायतका अभियानहरू सञ्चालन गरेको खुलासा भएको थियो।

उइगर यातना शिविरबाट निस्किएका हरूले पनि आफूहरूलाई चीन सरकारले चरम यातना दिएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचारहरू प्रकाशन भएका थिए। तर, चीनले भने त्यसलाई पुनः शिक्षा शिविरको नाम दिएको थियो।

डिसेम्बर २०१९ मा सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको रूपमा सरकारले घोषणा गरेको थियो। त्यसका लागि व्यावसायिक प्रशिक्षण केन्द्रहरूका सबै सहभागीहरू स्नातक भइसकेका छन् र भविष्यमा प्रशिक्षण स्वैच्छिक आधारमा हुने बताइएको थियो। तर, चीनले केही समय रोकेको उइगर नियन्त्रण अभियानलाई फेरि तीव्रता दिँदै आतङ्कवाद विरोधी अभियानको नाम दिएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ