arrow

सङ्घीयताले राष्ट्रियता फुटाउने आशङ्का

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
chitra-bahadur-kc-e1450441474482.jpg.jpeg
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले राष्ट्रियता फुटाउने बताएका छन् । 
 
राष्ट्रिय जनमोर्चा पार्टी काठमाडौँले आयोजना गरेको कार्यक्रममा पूर्वउप्रधानमन्त्री केसीले अहिले सिङ्गो देशलाई सम्हाल्न नसकिरहेको बेला सात प्रदेशलाई सम्हाल्न नसकी देश थप सङ्कटमा पर्ने बताए । 
 
अध्यक्ष केसीले माओवादीले आफूले १० वर्षसम्म नेपालमा गरेको युद्धको अन्तर्राष्ट्रिय अदालतमा पुग्ने डरले आफ्नो हातमा सत्ता लिएको टिप्पणी गर्दै एक न एक दिन सजायको भागीदार बन्नुपर्ने बताए  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ