भक्तपुर। नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग चिनियां राजदुत उ चुन्ताईले ओली निवास बालकोटमा शुक्रबार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा ९ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबिच द्धिपक्षीय दिर्घकालिन हितका बिषयमा महत्वपुर्ण सम्झौताहरु भएको भन्दै तीनको कार्यान्वयन हुने बिश्वास राजदुतले व्यक्त गरे ।
ओलीले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’, नेपालको बिकासमा चिनियां लगानी र सहयोगलाई द्धिपक्षीय समझदारीमा अघि बढाएको र त्यसका सकारात्मक परिणामहरु आइरहेको समेत राजदुतले बताए । करिव एक घण्टा भएको वार्तामा नेपालको विकासमा चीन सधै सहयोगी रहने समेत राजदुतले बताएका छन् ।
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाल र चीनबीच पारबहन तथा यातायात लगायतका ऐतिहासिक सम्झौता भएकोमा सन्तोष लागेको भन्दै तीनले नेपालको बिकासलाई अघि बढाउन महत्वपुर्ण भूमिका खेल्ने बताए । उनले नेपालको विकासमा दुबै छिमेकी चीन र भारतलाई उत्तिकै महत्वकासाथ सहभागि हुन आग्रह गरिएको र सन्तुलनका आधारमा बैदेशिक सम्बन्ध अघि बढाएको बताए ।
चिनियां राजदुतसँग प्रश्नकै शैलीमा ओलीले भने चीनसंगका सम्झौता र समझदारी कुनै देश लक्षित थिए त ? ओलीले भने, 'चीनसंगका सम्झौता र समझदारी नेपालको हितमा रहेका छन् । तिनलाई कुनै देश लक्षित रुपमा बुझ्न हुन्न ।'