arrow

आन्दोलित कर्मचारी र परीक्षा बोर्डबीच वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
exam-board1.jpg

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता शुरु गरेको छ ।

गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता शुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए । 

सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन् । 

सङ्घका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना शुरु गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ