arrow

एप्पलले भारतीय बजारमा आक्रामक बिक्री शैली अबलम्बन गर्ने

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
tim_cook_apple_LoEAxlj.jpg.jpeg
नयाँदिल्ली । पहिलोपटक आइफोनको बिक्री घटेर चिन्तित भएका एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कूकले भारतीय बजारमा आक्रामक बिक्री शैली अबलम्बन गर्ने सोचमा पुगेका छन् । विश्वमै तेस्रो ठूलो फोन बजारमा मानिएको भारतमा गरिएको एक अनुसन्धानले कूकलाई भारतमा केही गर्ने अवसर दिएको छ । 
 
दोस्रो चौमासिकमा भारतमा निकासी भएका ३ करोड ७ लाख स्मार्टफोन मध्ये एप्पलको संख्या केबल ८ लाख थियो । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले न्यून भएको हो जबकी भारतको समग्र बजार १९ प्रतिशतले वृद्धि भएको थियो । 
 
यस प्रतिस्पर्धाकै कारण एप्पलको बजार हिस्सा आधा नै घटेको छ अर्थात् ४ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ, स्ट्राटेजी एनालिटिक्सका निर्देशक उडी ओह भन्छन् । “एप्पल आइओएसले आइफोनको मूल्य घटाउनुको विकल्प छैन, र बढीभन्दा बढी अपरेटरलाई आकर्षित गर्नु पर्दछ । साथै एप्पलका पसलहरु वा अनलाइन बिक्री पद्धतिमा सुधार ल्याउनु पर्दछ ।” 
 
भारतीय बजारमा गूगलको एन्ड्रोइड सफ्टवेयर जडित फोनले प्रभाव जमाएको छ, र यसको प्रमुख कारण नै आइफोनको भन्दा अन्य स्मार्टफोन निकै सस्तो मूल्यमा उपलब्ध छन् । एन्ड्रोइड फोनको बिक्री दोस्रो चौमासिकमा ९७ प्रतिशतले वृद्धि भएको छ जुन अघिल्लो वर्षको तुलनामा ९० प्रतिशत बढी हो । 
 
कूकले एप्पलका लागि भारतीय बजार निकै राम्रो रहेको प्रतिक्रिया दिँदै आएका छन्, खासगरी चीन र अमेरिकामा आइफोनको बिक्रीमा न्यूनता आएको सन्दर्भमा उनले भारतलाई लक्षित गर्न खोजिरहेका छन् । 
 
एप्पलले भारतमा निकै बढी किसिमका चुनौतीहरुको सामना गर्नु परेको छ । प्रतिस्पर्धीहरुको तुलनामा एप्पलको स्मार्टफोनको मूल्य मात्र बढी होइन कि फोन सेटमा सीमितता छ । आइट्युन स्टोरले टीभी सो देखाउँदैन, म्याप एपले दिशा देखाउँदैन र एप्पल पे सेवा बिल्कुलै उपलब्ध छैन । एप्पलले भारतमा आफ्नै पसल खोल्ने अनुमति पाउन सकेको थिएन, र प्रयोग भइसकेका फोनको बिक्रीलाई मे महिनामा प्रतिबन्ध लगाइएको छ । 
 
त्यसर्थ, कूकको भारतीय सपना अद्यापि हासिलयोग्य भए पनि तत्कालै लाभ दिन्छ भन्ने अड्कल गर्न कठिन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ