काठमाडौं । विधिवत महाधिवेशनको माग राख्दै एक साता अघिदेखि आमरण अनसनमा बसेका नेविसंघका दुई विद्यार्थी नेतालाई अस्पताल भर्ना गरिएको छ ।
विहान ३ बजेदेखि आमरण अनसनरत विद्यार्थी नेताद्वय गणेश सापकोटा र रत्नहरि ढुंङ्गेलको स्वास्थ्य प्रतिकुल भएपछि काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल अस्पतालको आईसियूमा राखेर उपचार भइरहेको छ ।
बिहानैदेखि अचानक अनशनरत विद्यार्थी नेताद्वयको रक्तचाप र मृगौलामा समस्या देखिएपछि अस्पताल भर्न गरिएको अनसनरत विद्यार्थीको नामबाट जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
संगठनभित्र आन्तरिक लोकतन्त्रको स्थापनार्थ संघर्षरत नेताहरुको मागका विषयमा महाधिवेशन निर्देशक समितिसँग गम्भीर छलफल चलिरहेको छ ।
तर, आईसियूमा पुगेपनि आफ्ना मागहरू पूरा नभएसम्म अस्पतालको शैय्याबाटै संघर्ष गर्ने र आमरण अनसन नतोडी विधि विधानको पक्षमा अन्तिम समयसम्म दृढतापूर्वक संर्घष गर्ने प्रतिवद्धता पनि अनसनकारीहरूले गरेका छन् ।