arrow

बाढीले भत्काएको सडक आफै बनाउँदै युवाहरु

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ साउन २२ शनिबार
tatabandha-morang.jpg.jpeg
विराटनगर । अवागमन असहज भएपछी स्थानीय क्लब तथा युवाहरुले बाढीले भत्काएको सडक आफनै जनश्रमदानमा निमार्ण गरेका छन्  । मोरङको अमरदहस्थित ढल्के जोवन क्लबले बक्राहा खोलाको बाढीले भत्काएको करिव पाँच किलोमिटर सडक पुनःनिमार्ण गरेको हो । 
 
क्लब र स्थानीय युवाहरुको करिब १० लाख बराबरको जनश्रमदानमा बाटो निमार्ण भएको हो । सरकारको एक्लो प्रयासले मात्र केही नहुने भन्दै आ–आफनो क्लबको ब्यानरसंगै युवाहरु सडक निमार्णमा जुटेका हुन् ।
 
बक्राहा खोलाले तटबन्ध फुटाएर गाउँमा पसेको बाढीले कामै नलाग्नेगरी सडक भत्काएपछी स्थानीय युवाहरुको सहयोगमा बाटो निमार्णमा आफुहरु लागेको  क्लबका अध्यक्ष प्रताप तामाङले बताए । बाढीका कारण जिर्ण बनेको सडकमा एम्बुलेन्स समेत नचल्ने र विरामीलाई बोकेर अस्पताल पुर्‍याउनुपर्ने अवस्था आएपछी सडक निमार्णमा जुटेको अध्यक्ष तामाङको भनाई छ ।
 
सुगा बजारमा अहिले एउटा स्काभेटर तथा दुई दर्जन युवा सडक निमार्णमा तिरन्तर खटिएका छन् । बाढी आउँदा उद्धार कार्यमा खटिएका युवाहरु अहिले सडक निमार्णमा समेत निरन्तर लागिरहेका छन् । घरघरबाट युवाहरु कुटो कोदालो लिएर सडक निमार्णमा जुटेका छन् ।
 
तामाङले आफनै खर्चमा निशुल्क रुपमा एउटा स्काभेटर उपलब्ध गराएका छन् । वाटो निमार्णमा स्काभेटरसंगै तामाङ समेत निरन्तर खेटका छन् । खोलाले बनाएको सडकको भौडी वा खाल्डाहरुमा बोरा हालेर पुर्ने देखि सडकको दाया बाँयाको बाटो सम्याउन युवाहरु सक्रिय भएका छन् । 
 
अहिले क्लबले अमरदह, गोविन्दपुर तथा हसन्दह गाविस समिति जोडने सातवटा सडकमा काम गरिरहेको छ । चारवटा सडकमा माटो पुर्ने तथा सडक व्यवस्थित गर्ने काम पूरा भएको अध्यक्ष तामाङले जानकारी दिए । 
 
 सडक भत्काएपछि कुनैपनि सवारी साधन नचल्दा बाालबालिकाहरुलाई विद्यालय जान समेत समस्या भएको छ । साउनको पहिलो साता देखि बाढी गाउँमा पसेसंगै बालबालिका विद्यालय जान नपाएको स्थानीय होम खडकाले बताए । 
 
बाटो भत्काएपछि एम्बुलेन्स लगायतका सवारी साधन घरसम्म नपुग्दा गाउँमा विरामीलाई डोकोमा राखेर वा स्ट्रेचरमै बोकेर अस्पताल लैजानुपर्ने  बाध्यता छ । 
 
साउनको पहिलो साता आएको बाढी तटबन्ध भत्काएर गाउँ पसेपछी रंगेली पूर्वका प्राय धेरै बाटोहरु भत्किएका छन् । विराटनगर रंगेली तथा उर्लावारी जोडने सडक समेत अवरुद्ध भएको छ । भत्किएका बाटोहरु निमार्णमा प्रशासन, नेपाल प्रहरी, शसत्र प्रहरी तथा गाविसहरु सबै जुटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ