कपिलबस्तु । कपिलवस्तुको गुगौली–५ तिनघेरवामा घरको छत खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । तिनघेरवा गाउँका नारायण भरको घरको छत खस्दा तीन जनाको मृत्यु भएको हो ।
परिवारका दुई सदस्य घाइते भएका छन् । घरको बरन्डामा बसेर खाना खाइरहको बेला एक्कासी माथिको बरण्डा खसेपछि उनीहरु च्यापिएका थिए ।
मृत्यु हुनेमा ५ वर्षीय अरविन्द्र भर, १४ वर्षीया चन्द्रावती भर र २४ वर्षीया सत्यावती भररहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका बरिष्ठ प्रहरी उपरीक्षक एसपी विष्णु केसीले जानकारी दिए ।
घटनास्थल पुगेका उनले भने, ‘अहिले म यँही छु । पक्की घर भनिएको मात्रै रहेछ । घरको छत काठमाथि इटा राखेर ढलान गरिएको रहेछ । धराप थापे जस्तो–बाहिरपट्टी बनाइएको बरण्डामामात्रै चारफिट जतिको रड घुसारेर बनाइएको भेटियो । त्यो बर्लङ्गै लडेछ ।’
सोही बरण्डाको छत मुनि बसेर खाना खाइरहेका बेला खसेर मानवीय क्षति भएको हो । एसपी केसीका अनुसार अन्य घाइतेको अवस्था सामान्य छ ।