arrow

औपचारिक कार्यक्रममै नयाँ प्रधानमन्त्रीको उद्घोष–अपवाद बाहेक रिबन काट्न जान्न

यो त प्रधानमन्त्री बन्नु अघि नै निमन्त्रणा आएको कार्यक्रम थियो

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
Dahal-le-riban-nakatne.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन अपवाद बाहेक रिबन काट्ने कार्यक्रममा नजाने बताएका छन् । 
 
शनिबार दिउँसो बनस्थलीमा आयोजित गोरखा–काठमाडौं जनसम्पर्क मञ्चको एकताको पाँचौं भेलामा प्रधानमन्त्री दाहालले कसैका औपचारिक कार्यक्रमको रिबन काट्नमै समय खेर नफाल्ने बताएका हुन् । 
 
प्रधानमन्त्रीले दाहालले भने, ‘परिणाममूखी काम हुनुपर्छ भन्नेमा छु । यो कार्यक्रम प्रधानमन्त्री हुनु पूर्व नै तय भएकाले म आएँ, अब अपवाद बाहेक उद्घाटन् कार्यक्रम र रिबन काट्ने काममा अल्झने छैन ।’ मलाई सहयोग गर्नुस् ।
 
भेलामा प्रधानमन्त्रीले १० माओवादीको एकतापछि नेकपा (माओवादी केन्द्र) ठूलो दल बनेको समेत सुनाए । दाहालले थपे, ‘संसदमा हामी अहिले पनि तेस्रो दलकै रुपमा उपस्थित छौं । तर, १० माओवादीको एकतापछि हामी ठूलो दल बनेका छौं । एकतालाई जनतासम्म लगेर जनआकांक्षा पूरा गर्नतिर लाग्नु अबको प्राथमिकता हो । 
 
संविधानको परिमार्जन सहित कार्यान्वयन, भूकम्पको पुनःनिर्माण र राहत, आर्थिक समृद्धि र जनआकांक्षाको परिपूर्ति सरकारको मूख्य कार्यभार रहेको भन्दै प्रधामन्त्री दाहालले चुनौतिबीच होसियारीपूर्वक परिणाम निकाल्ने सुनाए । 
 
प्रधानमन्त्री दाहालले विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्न सके सरकारको नेतृत्व गर्ने निर्णय माओवादीका लागि एउटा अवसर हुने बताए । तर, सिंगो पार्टी एकतावद्ध भएरअघि बढ्न नसके दुर्घटना हुन खतरा रहेको समेत उनले सम्झिएका छन् ।
 
प्रधानमन्त्री दाहालले भने, ‘यदी हामीले २०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्न सकेनौं भने देश दुर्घटनामा पर्ने खतरा छ । यस्तो कठिन परिस्थितिमा म प्रधानमन्त्री भएको छु । यो जनचाहना पूरा गर्ने संकल्प गरेको छु ।’ 
 
केही दिनअघि संसदमा दाहालको प्रस्तावक बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको जस्तै प्रधानमन्त्री दाहालले मित्र फेर्न सकिने तर, छिमेकी फेर्न नसकिने रहेछ–भने । उनले दुबै छिमेकी चीन र भारतसँगको सम्वन्धलाई नयाँ उचाईमा लैजान पहल गर्ने समेत सुनाएका छन् । 
 
भेलामा नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्र संसदीय दलका प्रमूख सचेतक हितराज पाण्डे, नेताहरु देव गुरुङ, हरिराज अधिकारी, लेखनाथ न्यौपाने, अमृता थापालगायत सहभागि भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ