arrow

जापानमा बस्नेहरुले नेपालकै झण्डाको स्वरुप नै बिर्से; फेस्टिवलमै राखे यस्तो झण्डा

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
nepal-festivel-japan.jpg.jpeg
जापान। जापानमा बस्ने नेपालीहरुले आयोजना गर्न लागेको नेपाल फेस्टीबल विवादमा तानिएको छ। विवाद अरु कारणले नभइ नेपालको झण्डाको कारणले भएको हो। नेपालीहरुले नै आयोजना गरेको कार्यक्रमको मुख्य हलमा नेपालको झण्डालाई छेडछाड गरेर टाँगिएपछि नेपालीहरुले नै यस्को विरोध गरेका हुन्। यो विरोधसँगै फेस्टीवल विवादमा तानिएको हो। 
 
नेपालको झण्डा नै नचिनेको झै आयोजकहरुले नेपालको शान नेपालको नेपालको झन्डाको अपमान गरेको भन्दै स्थानिय नेपालीहरुले ब्यापक बिरोध गरेका हुन्। 
 
जापान बस्ने नेपालीहरुको सामाजिक सञ्जालमा यसको व्यापक विरोध समेत भएको छ। सामाजीक सञ्जाल भरी तस्बिर सहित सेयर गरेर सबै नेपालीले आयोजकलाई गल्ती सच्याउन दवाव समेत दिएका छन्। 
 
नेपालको झण्डा नदेखेका र नचिनेकाहरुले कार्यक्रम आयोजना गरेका हुन की भन्दै आयोजकको व्यङग्य समेत कतिपय नेपालीहरुले गरेका छन्। गौतम ध्रुवले फेसबुकमा आयोजकहरुको दोहोलो काढेर लेखेका छन्। नेपाल इन जापान परिवारले पनि विरोध गरेको छ। 
 
नेपाल फेस्टीबल आयोजना गरेर प्रयटन प्रबर्धनमा सहयोग पुराउन खोजेपनि नेपालको वास्तविक झण्डाको पहिचान मुख्य कार्यक्रम स्थलमा झल्काउनु पर्नेमा आयोजकले चन्द्र र सुर्यको मात्र फोटो स्टेजमा झुण्ड्याएपछी ब्यापक बिरोध भएको हो। 
 
राष्टीय झन्डा को अपमान र छडछाड भएपछि कतिपयले क्रायक्रम बहिस्कार गर्ने भन्दै असन्तुष्टी समेत जनाएका छन्। आयोजकले कार्यक्रम शुरु हुनु अगाडी सम्म सच्याओस् भनेर धेरैले सुझाब दिएका थिए। फेस्टीबल शनिबार र आईतबारका लागि तय भएको हो। 
 
व्यापक दवावपछि पनि आयोजक संस्थाले गलत झण्डा राखेर नै कार्यक्रम गरिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ