arrow

चारदेशीय क्रिकेटको उपाधि जित्न नेपालले आयरल्याण्डलाई १३.३ ओभरभित्र हराउनु पर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
273915192_10165870814820567_2996113186448758045_n.jpg

काठमाडौं । ओमानमा जारी चारदेशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल र आयरल्याण्ड खेलिरहेका छन् । जितका लागि नेपालले एक सय २८ रनको चुनौती पछ्याइरहेको छ । 

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा अलआउट हुँदै एक सय २७ रन बनायो । आयरल्यान्डका जर्ज डोकरेलले २८, कर्टिस क्याम्फरले २० तथा कप्तान एन्डी विलवार्नीले १९ रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शानदार बलिङसहित ४ विकेट लिए । उनले ४ओभर बलिङ गर्दै २१ रनमात्र खर्चिएका थिए । अविनाश बोहराले दुई विकेट लिए । 

त्यस्तै कप्तान सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए । योसँगै सन्दीपले टी–२० मा ५० विकेट पनि पूरा गरेका छन् । 

चार देशबीचको भिडन्तमा नेपालले यो खेल १३.३ ओभरभित्र जित्ने हो भने उपाधि नै जित्ने छ । सोही अनुसार नेपालले आक्रामक ब्याटिङ गरिरहेको छ । 

नेपालसहित, आयोजक यूएई, आयरल्याण्ड र ओमान गरी चार टिमबीच प्रतियोगिता भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ