चारदेशीय क्रिकेटको उपाधि जित्न नेपालले आयरल्याण्डलाई १३.३ ओभरभित्र हराउनु पर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
809
Shares
काठमाडौं । ओमानमा जारी चारदेशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल र आयरल्याण्ड खेलिरहेका छन् । जितका लागि नेपालले एक सय २८ रनको चुनौती पछ्याइरहेको छ ।
अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा अलआउट हुँदै एक सय २७ रन बनायो । आयरल्यान्डका जर्ज डोकरेलले २८, कर्टिस क्याम्फरले २० तथा कप्तान एन्डी विलवार्नीले १९ रन बनाए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शानदार बलिङसहित ४ विकेट लिए । उनले ४ओभर बलिङ गर्दै २१ रनमात्र खर्चिएका थिए । अविनाश बोहराले दुई विकेट लिए ।
त्यस्तै कप्तान सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए । योसँगै सन्दीपले टी–२० मा ५० विकेट पनि पूरा गरेका छन् ।